युक्रेनी राष्ट्रपति जेलेन्स्की आगामी सोमबार अमेरिका जाने

श्रावण ३१, २०८२ | काठमाडौं

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिकाको भ्रमण गर्नुहुने भएको छ ।

 रुस युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने विषयमा आलस्कामा अमेरिका र रुसका राष्ट्रबीचको वार्ता निश्कर्षविहीन भएको भोलिपल्ट युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिका जाने आफ्नो योजना सार्वजनिक गर्नुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आज भएको टेलिफोन कुराकानीपछि जेलेन्सीले रुससँगको जारी युद्ध अन्त्य गर्ने पहलस्वरुप वार्ता गर्ने तयारी गर्नुभएको हो । 

जेलेन्सीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै वार्ताका लागि निमन्त्रणा गरेकोप्रति अमेरिकालाई धन्यवाद दिँदै वासिङ्टनमा युद्ध अन्त्यका उपायबारे छलफल गर्ने उल्लेख गर्नुभएको छ । 


प्रतिक्रिया