विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

भाद्र १, २०८२
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुग्नुभएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान ९ बजे काठमाडौँ आइपुग्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री आउनुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबिच, प्रधानमन्त्री ओलीको आगामी ३१ गते हुने भनिएको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुस परमिटका लागि समेत छलफल हुने भएको छ । विमानस्थलको स्थापनाकालदेखि नै रुटका लागि भारतसँग पटक पटक आग्रह गरिएपनि हालसम्म ठोस निष्कर्षमा पुग्न सकेको अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राजनीतिक तथा प्राविधिक रुपमा रुस परमिटका लागि पहल गरिने तयारी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले जानकारी दिनुभयो ।