पाकिस्तानमा बाढी पहिरोका कारण करिव २ सय जनाको मृत्यु

श्रावण ३१, २०८२
पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा १ सय ९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८० जनाको मात्रै पहाडी क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा भएको त्यहाँको अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य ९ जनाको पाकिस्तान प्रशासित काश्मिरमा मृत्यु भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो क्षेत्रमा अचानक आएको बाढीमा परि कम्तीमा २८ जना घाइते भएका छन् । राहतको लागि पख्तुनख्वा प्रान्तमा उडेको हेलिकप्टर समेत दुर्घटनामा परेपछि पाइलट सहित थप ५ जना मारिएका छन् । प्रान्त सरकारले बाढी र पहिरोले प्रभावित भएका बुनर, बजउर, मनसे्ररालगायतका क्षेत्रलाई अति विपद् प्रभावित क्षेत्र घोषणा गरेको छ ।