टप इन्ड टी–२० सिरिजः नेपाल दोस्रो खेलमा पनि पराजित

श्रावण ३१, २०८२ | काठमाडौं
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
डार्बिनमा भएको खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ८७ रनको लक्ष पछएको नेपाल निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रनमा समेटिएको हो ।
नेपालका लागि कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ५९ रनको अर्धसतकीय इनिङ्स खेलेपनि जितका लागि पर्याप्त हुन सकेन । नेपालका ओपनर कुशल भूर्तेलले १२, आशिफ शेखले २८ रन बनाए । कप्तान रोहित पौडेलले १० रन मात्र बनाए । अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि टस जितेर बंगलादेशले ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । बंगलादेशका लागि जीशन आलमले सर्वाधिक ७३ रन बनाउँदा अफिफ हुसैनले ४८ रन बनाए ।
नेपालका लागि रिजन ढकालले २ तथा करन केसी, नन्दन यादव र सन्दिप लामिछानेले १–१ विकेट लिए ।