नेपालका विशिष्ट महिलाहरु शीर्षकको फोटो प्रर्दशनीको दोस्रो संस्करण हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०८२

काठमाडौँ । नेपालका विशिष्ट महिलाहरु शीर्षकको फोटो प्रर्दशनीको दोस्रो संस्करण बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुँदैछ । 

आगामी भाद्र २ देखी ५ सम्म हुने प्रदर्शनी साँस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमका आयोजनामा हुन लागेको हो । 

प्रदर्शनीमा नेपाली इतिहासदेखि वर्तमानसम्मका विशिष्ट लगभग ३ सय महिलाहरुको ऐतिहासिक र दुर्लभ फोटोहरु प्रदर्शनी हुने आयोजकले जनाएको छ । त्यस्तै, प्रदर्शनीमा नेपाली इतिहास, साहित्य, साहस, कला साँस्कृतिक विज्ञान र ब्यवस्थापनसम्मका विधाका ऐतिहासिक र रोमाञ्चकारी फोटोहरु पर्गेल्ने अवसर दर्शकले पाउनेछन् । प्रदर्शनी भाद्र २ गते ठिक १ बजे शुभारम्म हुनेछ । यसअघि, २०७४ मा पहिलो पटक उक्त प्रदर्शनी आयोजना गरिएको थियो । 


प्रतिक्रिया