बंगलादेशको विमान खस्यो, कम्तीमा १९ जनाको मृत्यु

श्रावण ५, २०८२

बंगलादेशको राजधानी ढाकाको एक स्कूलमा सेनाको लडाकु विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । बालबालिका सहित १ सय ६४ जना घाइते भएका छन् । सो विमान दियाबारी क्षेत्रको स्कूल र कलेज परिसरमा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलदेशको सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले विमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिने र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । 


प्रतिक्रिया