रुसद्धारा ट्रम्पले सार्वजनिक गरेको नयाँ सुरक्षा रणनीतिको स्वागत, युरोपको आपत्ति
मंसिर २२, २०८२
काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई स्वागत गरेको छ । मस्कोले सो रणनीति आफ्नो दृष्टिकोणसँग धेरै हदसम्म मेल खाने बताएको हो । मस्कोले आफ्नो पूर्व शीतयुद्ध शत्रु अमेरिकाको सुरक्षा रणनीति दस्तावेजको पहिलो पटक प्रशंसा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले ट्रम्पको दृष्टिकोणलाई लचिलो यथार्थवादको रूपमा व्याख्या गरेको छ । र, अमेरिकाले १९ औं शताब्दीको 'मोनोरो सिद्धान्त' लाई ब्युँत्याउनु पर्ने तर्क गरेको छ । जसले पश्चिमी गोलार्धलाई वाशिंगटनको प्रभाव क्षेत्र घोषणा गरेको थियो । राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको सो रणनीतिक दस्तावेजमा युरोपले सभ्यता मेटाउने परिस्थितिको सामना गरिरहेको चेतावनी दिइएको छ । युक्रेनमा युद्धको अन्त्यका लागि वार्ता गर्नु अमेरिकाको मुख्य उदेश्य भएको र वासिङ्टनले रुससँग रणनीतिक स्थिरता पुनः स्थापना गर्न चाहेको समेत उल्लेख गरेको छ । सो दस्तावेजलाई लिएर युरोपेली मुलुकले भने असन्तुष्टि जनाएका छन् ।









