जेनजी आन्दोलनमा मृत्यु भएका ४५ सहिदको नाम राजपत्रमा प्रकाशित

मंसिर २२, २०८२ | काठमाडौं

गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले तीन दिनभित्र जेनजी सुशासन योद्धाहरूको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न भनेको हो ।

आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

उनीहरुकै नामावली तोकिएको ढाँचामा राख्न गृहले निर्देशन दिएको हो। परिपत्रसाथ गृहले ४५ जनाको नामावलीसमेत पठाएको छ।


प्रतिक्रिया