क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ

मंसिर २२, २०८२ | काठमाडौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशलाई विदेशी चलखेलको रणमैदानबाट बचाउने अभियानमा आफ्नो पार्टी निस्केको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंको सिफलमा आयोजित एक कार्यक्रममा साम्पाङले आफ्नो पार्टीले क्रान्तिकारी विकास आजको आवश्यकता भएकाले युवाशक्ति एक हुन आग्रह समेत गर्नुभयो । पुराना राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गर्न नसकेको भन्दै उहाँले अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान समेत गर्नुभयो ।

यस्तै, अध्यक्ष साम्पाङले विदेशी ऋणको भरमा विकास निर्माण नभएर श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजान प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया