हङकङमा विधायिकी काउन्सिलको निर्वाचनका लागि मतदान

मंसिर २१, २०८२ | काठमाडौं

हङकङमा विधायिकी काउन्सिलको निर्वाचनका लागि मतदान भइरहेको छ ।

१ सय ५९ जनाको ज्यान जाने गरी भएको भीषण आगलागीको घटनापछि भएको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । ९० सदस्यीय काउन्सिलका लागि १ सय ६१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तीमध्ये ४० जना निर्वाचन कमिटी, ३० जना क्षेत्रगत रुपमा र बाँकी २० जना भौगोलिक क्षेत्रबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् । विधायिकी काउन्सिलको आठौं कार्यकाल आगामी जनवरी १ बाट शुरु हुनेछ । मिनि संसदको रुपमा रहेको काउन्सिलले हङकङका कानून निर्माण र संसोधन गर्ने अधिकार पाएको छ ।

चीनको प्रभावका कारण हङकङको निर्वाचनलाई पश्चिमा मुलुकले समेत महत्व दिने गरेका छन् । चीनले हङकङको स्थिरतामा जोड दिइरहेको छ भने पश्चिमा मुलुकले त्यहाँ लोकतन्त्रलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरिरहेका छन् ।    


प्रतिक्रिया