मुख्य शहरमा राष्ट्रिय गार्ड तैनाथ गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति अमेरिकामा प्रदर्शन

भाद्र २२, २०८२ | काठमाडौं
अमेरिकका राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न ६ राज्यमा सेना परिचालन गरेको विषयमा नागरिकस्तरबाट व्यापक विरोध भएको छ ।
वासिङटन डिसी लगायतका शहरमा हजारौंले प्रदर्शन गरेका हुन् । सेना परिचालन हुँदा बालबालिकाहरु त्रसित भएको त्यसले अशान्ती मच्चाएको भन्दै प्रदर्शन चर्किएको हो । यस्तै, राष्ट्रपतिका रुपमा दोस्रो पटक ह्वाइट हाउसमा प्रवेश गरेयता ट्रम्पले सार्वजनिक गरेका विभिन्न नीतिको विरोध भएको छ ।
हालै भएको प्रदर्शनमा कागजातविहीन अप्रवासी, प्यालेस्टिन समर्थकहरुले प्रदर्शन गर्दै ट्रम्प अब जानुपर्ने नारा लगाएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले अपराध नियन्त्रण गर्न भन्दै गत महिनामा वाशिङटन डीसीका सडकहरुमा राष्ट्रिय गार्ड तैनाथ गर्नुभएको थियो ।
सोही व्यस्थालाई लिएर विरोध सुरु भएको समाचारमा जनाइएको छ । ट्रम्प प्रशासले चालेको सो कदमले कानून, व्यवस्था र सार्वजनिक सुरक्षा पुनःस्थापित गर्न मद्दत पु¥याउने दाबी गरेपनि प्रदर्शनकारीहरुले भने तानाशाहीको वातावरण सिर्जना गरेको जनाएका छन् ।
स्थानीय प्रहरीको कार्यक्षेत्र हस्तक्षेप गरि ट्रम्प प्रशासनले संघीय रुपमा नियन्त्रण गरि आप्रवासन र सीमा सुरक्षा ऐजेन्सीसँग सम्बन्धी सदस्यहरुसँगै शहरमा परिचालन गर्ने गरेको आरोप समेत प्रदर्शकारीहरुले लगाएका छन् । अमेरिकी न्याय विभागको तथ्याङ्क अनुसार सन् २०२४ मा वाशिङटन डीसीमा हिंसात्मक अपराधको घटना ३० वर्ष यताकै कम भएको समाचारमा जनाइएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले भने अर्को शहर शिकागोमा पनि सो सुरक्षा योजना लागू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संघीय सरकारको हस्तक्षेपले अमेरिकी लोकतन्त्र र नागरिक अधिकारलाई खतरा पु¥याउने जोखिम बढाएको प्रान्तिय अधिकारीले बताउँदै आएका छन् ।