भारतले रुसबाट इन्धन खरिद पक्रिया जारी राख्ने

भाद्र २१, २०८२ | काठमाडौं

अमेरिकाको दवावका बाबजुद भारतले रुसबाट इन्धन खरिद प्रक्रियालाई निरन्तरता दिने जनाएको छ ।

भारतका अर्थमन्त्री निर्मला सितारमणले रुसबाट इन्धन आपुर्ती प्रक्रियालाई निरन्तरता दिने बताउनुभएको हो । रुसबाट भारतले इन्धन खरिद गरेका कारण युक्रेन युद्ध थप चर्किएको भन्दै अमेरिकाले विभिन्न दवाव भने दिंदै आएको छ ।

भारतलाई आधारभुत व्यापार कर २५ प्रतिशत लगाएको अमेरिकाले रुससंग इन्धन किनेकै कारण थप २५ प्रतिशत बढाएर ५० प्रतिशत बनाएको छ । रुसले भारी छुटमा इन्धन दिएको र त्यसले आफ्नो मुलुकमा मुल्य सन्तुलन राख्न सहज भएको भारतको भनाइ छ ।

रुसले सन् २०२२ देखि युक्रेनमा हमला गरेसंगै अमेरिका र युरोपेली मुलुकले रुसी इन्धन बहिष्कार गरेका थिए । रुसबाट सबैभन्दा धेरै इन्धन आयात गर्ने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ ।   


प्रतिक्रिया