फ्रान्सद्धारा प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता

आश्विन ७, २०८२ | काठमाडौं
फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक रूपमा स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ ।
बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलपछि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने देशहरूको सूचीमाफ्रान्स पनि थपिएको हो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बेल्जियम, लक्जमबर्ग, माल्टा, अन्डोरा र सान मारिनोले पनि प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताउनुभयो ।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले शान्तिको समय आएको र गाजामा चलिरहेको युद्धलाई कुनै पनि विषयले औचित्य पुष्टि गर्न नसक्ने बताउनुभएको छ ।
फ्रान्स र साउदी अरेबियाले राष्ट्रसंघको महासभामा एक दिने शिखर सम्मेलनको आयोजना समेत गरेका छन् ।
जसमा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे दुई–राष्ट्र समाधानको योजनामा केन्द्रित छलफल गरिएको थियो ।
सो छलफलमा जी–सेभेन राष्ट्रहरुजर्मनी, इटाली र अमेरिका भने अनुपस्थित थिए ।
गाजामा जारी मानवीय संकट र वेष्ट बैंकमा बस्ती निर्माणको कारण युद्ध रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।