फिलिपिन्समा भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौं नागरिक सहभागी

आश्विन ५, २०८२ | काठमाडौं

फिलिपिन्समा भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् ।

 राजधानी शहर मनिलामा भएको सो प्रदर्शन १८ हजार बढी नागरिक सहभागी भएका हुन् ।

 शान्तिपूर्ण भनिएको प्रदर्शनका क्रममा हिंसा र तोडफोडमा सहभागी भएको भन्दै स्थानीय प्रहरीले कम्तिमा १७ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

 प्रहरीले मनिलाको राष्ट्रपति भवन जाने पुल र नजिकैका सडकहरु सुरक्षित गर्दै आगजनी गर्ने प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने १७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

 प्रदर्शन बढेसँगै राष्ट्रपति भवन सहितका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाएको समाचारमा जनाइएको छ । 

यसैबीच प्रहरीले भने प्रदर्शन नियन्त्रित रहेको तर हिंसा र तोडफोडका सह्य नहुने चेतावनी दिएको छ । जनताको शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्ने जनाउँदै हिंसात्मक घटना हुन नदिन आग्रह गरेको छ ।    


प्रतिक्रिया