स्पेनिस ला लिगामा रियलद्धारा लेभान्ट पराजित

आश्विन ८, २०८२ | काठमाडौं
स्पेनिस ला लिगामा रियल म्याड्रिडले लेभान्टेलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिडले लेभान्टेलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
जितसँगै रियलले ला लिगाको शीर्षस्थानलाई मजबुत बनाएको छ ।
२–१ ले रियल अघि रहेको बेला एमबाप्पेले ६४औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे ।
एमबाप्पेले २ मिनेटमै अर्को पेनाल्टी गोल गरेसँगै रियल फराकिलो अन्तरले बिजयी भयो ।
लेभान्टेको तर्फबाट एट्टा एयुङले ५४ औं मिनेटमा एक गोल फर्काएका थिए ।
हिजोका अन्य खेलमा भिल्लारियलले सेभिल्लालाई २–१ ले हरायो ।
इस्पानुयल र भ्यालेन्सियाले २–२ तथा एट्लेटिक क्लब र जिरोनाले १–१ को बराबरी खेलेका छन् ।