फ्रान्सस्थित विश्वकै सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने लुभ्रे संग्रहालयमा चोरी

कार्तिक २, २०८२ | काठमाडौं

फ्रान्सको पेरिसस्थित विश्वकै सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने लुभ्रेसंग्रहालयमा चोरी भएको छ । 

स्थानीय समय अनुसार विहान साढे ९ बजेको समयमा मोटरसाइकलमा आएको एक समूहले संग्रहालयको झ्यालबाट भित्र पसेर अमूल्य गहनाका सामान चोरि गरेको हो ।

 सर्वधारणका लागि संग्रहालय  खुला भइसकेको अवस्थामा फ्रान्सेली क्राउन ज्वेल्सको घर रहेको ग्यालेरी डी’ अपोलन भवनमा चोरि भएको फ्रान्सेली सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो क्रममा चोरि भएका सामानबारे अहिलेसम्म औपचारीक जानकारी भने आएको छैन । 

यद्यपि घटनाबारे भने अनुसन्धान सुरु भएको त्यहाँको सरकारले जनाएको छ । चोरीको घटना भएसँगै विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय अवलोकन गर्न रोक लगाइएको छ । गत वर्ष ८७ लाख पर्यटकले सो संग्राहालयको भ्रमण गरेका थिए । 

यसअघि यस वर्षको सुरुमासंग्रहालयका अधिकारीहरुले पुरानो प्रदर्शनी हललाई पुनस्र्थापना र मर्मत गर्न तथा प्रदर्शनमा राखिएका कलाकृतिको सुरक्षा गर्न सरकारलाई आग्रह गरेका थिए ।   


प्रतिक्रिया