एसिया कप छनोटको तेस्रो चरणमा नेपालले आज मलेसियासँग खेल्दै
मंसिर २, २०८२ | काठमाडौं
एसिया कप छनोट फुटबलको तेस्रो चरणमा नेपालले आज मलेसियाको सामना गर्दैछ ।
सो खेल मलेसियाको क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल स्टेडियममा साँझ पौने ६ बजे शुरु हुनेछ ।
मलेसिया समूह ‘एफ’ को शीर्षस्थानमा रहेको टोली हो । टोली चार खेलमध्ये सबैमा विजयी रहेर १२ अंकसहिते पहिलो स्थानमा छ ।
मलेसियाले नेपालविरुद्धको खेल जित्ने हो भने टोलीको एसिया कपमा छनोट हुने सम्भावना थप बलियो हुनेछ ।
सो समूहमा भियतनाम ९ अंकसहित दोस्रोमा छ भने लाओस ३ अंक लिएर तेस्रोमा छ ।
नेपाल र लाओसको छनोट हुने सम्भावना समाप्त सकिसकेको छ ।
नेपाल भने अंकविहीन रहेर अन्तिम स्थानमा छ ।









