एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस एसोसिएसन र चित्लाङ एफसी भिड्दै

मंसिर २, २०८२ | काठमाडौं

एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा आज कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल अपरान्ह २ बजे हेटौंडाको गौरीटार रंगशालामा हुनेछ ।

प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।

लालीगुराँसले सेमिफाइनलमासुर्खेतको कार्केविहार युथ क्लबलाई पराजित गरेको थियो भने चित्लाङले बाराको नव जागृती युथ क्लबलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनल पुगेका चारै टोली यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेका छन् ।


प्रतिक्रिया