पहलगाम घटनाका आरोपीमाथि मुद्दा दायर
पुस १, २०८२ | काठमाडौं
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले गत अप्रिलमा काश्मिरको पहलगाममा २६ पर्यटकको ज्यान जानेगरी भएको घटनामा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
जम्मुस्थित विशेष अदालतमा दायर गरिएको १ हजार ५ सय ९७ पृष्ठको अभियोग पत्रमा पाकिस्तानका दुई सैन्य समुह र ६ व्यक्तिमाथि आरोप लगाइएको छ। पाकिस्तानमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै भएको लश्कर ए तोयबा र द रेजिस्टेन्स फ्रन्टले सो घटनाको योजना बनाएको एनआइएको आरोप छ।
संयुक्त राष्ट्रसंघले लश्कर ए तोयबालाई आतंकवादी संस्थाको सुचीमा राखेको छ । सो घटनामा पाकिस्तानले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय संचारमाध्यले जनाएका छन् ।







