गाजाको महत्वपूर्ण नाका खुला

रेडियो कान्तिपुर संवाददाता

माघ १९, २०८२ | काठमाडौं

इजरायल र हमासबीचको युद्धका कारण झण्डै २ वर्ष देखि बन्द रहेको गाजास्थित इजिप्टसँग जोडिएकोसीमा नाका रफाह आंशिक रुपमा सञ्चालनमा आएको छ । सो नाका आजबाट आंशिक रुपमा पुनः सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

दुई वर्षअघि बन्द गरिएको सो नाका सञ्चालनमा आएसँगै थोरै संख्यामा प्यालेस्टिनीहरुलाई गाजा प्रवेश गर्न र बाहिरिन अनुमति दिइएको छ।अमेरिकाको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत यो नाका पुनः सञ्चालन गरिएको हो। 

गत अक्टोबरको मध्यतिर लागू भएको युद्धविराम सम्झौताअनुसार रफाह नाका सञ्चालन गर्ने सहमति भएको थियो । नाकालाई पुनः सञ्चालन गर्न युरोपेली संघ, इजिप्ट तथा अन्य सम्बन्धित पक्षले सक्रियता देखाएको समाचारमा जनाइएको छ ।

इजिप्टको सरकारी सञ्चारमाध्यमका अनुसार केही दिनसम्म दैनिक ५० जनालाई मात्र दुवैतर्फ आवतजावत गर्न अनुमति दिइनेछ । 


प्रतिक्रिया