इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल : परराष्ट्र मन्त्रालय
चैत्र २०, २०८२ | काठमाडौं
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले झा पश्चिम एसियाको तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेको र सकुशल रहेको बताउनुभयो ।
यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।
उडान प्रभावित भएकाले शव ल्याउन समस्या भएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।मन्त्रालयका अनुसार, सामाजिक सञ्जालमा गलत सामाग्री राखेको आरोपमा विभिन्न देशमा गरी ११ जना नेपाली पक्राउ परेका छन् ।










