म्यानमारमा नयाँ राष्ट्रपति चयन
चैत्र २०, २०८२ | काठमाडौं
म्यानमारका सैनिक शासक मिन अंग हालाङ देशको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । सैनिक समर्थित संसदबाट भएको मतदानमा उहाँले ५ सय ८४ मध्ये ४ सय २९ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित जित हासिल गर्नुभएको हो ।
सन् २०२१ मा सैनिक कू गरेर निर्वाचित सरकारलाई हटाउनुभएको हालाङ पाँच वर्षपछि औपचारिक रुपमा देशको सर्वोच्च पदमा निर्वाचित हुनु भएको हो । सैन्य कूमा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीको सरकार हटाइएको थियो र उनलाई नजरबन्दमा राखिएको थियो।
संविधानअनुसार राष्ट्रपति बनेपछि उहाँले सेना प्रमुखको पद छाड्नुभएको छ । यसैबीच, म्यानमारमा जारी गृहयुद्ध अझै चर्किँदै गएको छ। सैनिक शासनविरुद्धसंयुक्त मोर्चा बनाएर संघर्ष गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।










