इरान युद्ध : अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको अधिकारकर्मीहरुको आरोप
चैत्र २०, २०८२ | काठमाडौं
युद्धका क्रममा अमेरिका, इजरायल र इरानले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाइएको छ । विश्वभरका एक सय भन्दा बढी अन्तर्राष्ट्रिय कानूनका जानकारहरुले एक खुला पत्र जारी गर्दै सो आरोप लगाएका हुन् ।
उनीहरुले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण संयुक्त राष्ट्र संघको चार्टरको उल्लंघन भएको बताएको बीबीसीले उल्लेख गरेको छ । पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनाहरू पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएकोप्रति पनि उनीहरुले आपत्ति जनाएको समाचारमा उल्लेख छ ।










