नेपालीको उद्धारका लागि तीन दिनसम्म विशेष उडान हुँदै

रेडियो कान्तिपुर संवाददाता

चैत्र २०, २०८२ | काठमाडौं

पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि आजबाट तीन दिनसम्म नेपाल वायु सेवाको विशेष उडान हुँदैछ । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा सम्वन्धित अधिकारीको संयुक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो । 

त्यही अनुसार नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक विमान पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । निगमले आजदेखि पर्सी आइतवारसम्म लगातार वायु सेवा निगमले विशेष उडान कार्यसूची तय गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज काठमाडौँबाट सवा ११ बजे विमान दुबई जाँदैछ । भोलि दुबईबाट सो विमान नेपाल आउने कार्यतालिका छ । 

त्यस्तै आइतवार सो विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ । दमामबाट नेपालीलाई स्वदेश ल्याउने तयारी भएको हो । पश्चिम एसियाका कतिपय देशबाट उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौँ नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन् । 


प्रतिक्रिया