अफगानिस्तानको हवाई आक्रमणमा ७० जना लडाकु मारिए
फाल्गुन ११, २०८२ | काठमाडौं
अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हवाई आक्रमणमा कम्तीमा ७० जना लडाकु मारिएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सेनाले सशस्त्र समूहका “क्याम्प र लुक्ने ठाउँ” लाई लक्षित गर्दै गरेको हवाई आक्रमणका उनीहरुको मृत्यु भएको जनाएको हो ।
यद्यपि अफगानीस्ताले भने सो दाबीलाई अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानका उपगृहमन्त्री तलाल चौधरीले एक अन्तर्वाताका क्रममा कम्तीमा ७० विद्रोही मारिएको दाबी गरे पनि सरकारी सञ्चारमाध्यमले भने मृतकको संख्या ८० पुगेको जनाएको अलजजिराले उल्लेख गरेको छ ।
यसैबीच अफगानीस्तानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पूर्वी नान्गरहार र पक्तिका प्रान्तमा आक्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणका कारण धार्मिक विद्यालय र कैयौं घरहरु क्षतिग्रस्त भएका छन् ।










