साम्बाको उपचारका लागि आर्थिक सहयोगको अपिल
फाल्गुन ११, २०८२ | काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा न्युजील्याण्डको वेलिङ्टन फोनिक्ससँग आबद्ध भएकी थिइन् ।
गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगमा खेलका दौरान उनी घाइते भइन् । सो खेलमा उनका दाहिने घुँडामा गम्भीर चोट लागेको थियो । चोटको अवस्था गम्भीर भएकाले जटिल शल्यक्रिया आवश्यक परेको र हालसम्म शल्यक्रिया हुन नसकेको उनले बताएकी छन् ।
प्रारम्भिक अनुमान अनुसार उपचारमा १ करोड १५ लाख रुपैयाँ बढी खर्च लाग्ने सम्भावना रहेको उनले बताएकी छन् । साम्बाले फेसबुकमार्फत समर्थकहरुलाई सम्बोधन गर्दै आर्थिक सहयोगका लागि अपिल गरेकी छिन् ।










