इन्डोनेसियासहित ५ वटा मुलुकद्धारा गाजा क्षेत्रमा स्थायित्वका लागि सेना पठाउने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०८२ | काठमाडौं

इन्डोनेसिया, मोरोक्को, काजाखस्तान, कोसोभो र अल्बानियाले गाजा क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्नका लागि सेना पठाउने प्रतिबद्धता जनाएका छन् ।

नवगठित अन्तर्राष्ट्रिय स्थायित्व बलका कमाण्डरले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति सम्बन्धि बैठकका क्रममा सो बारे जानकारी दिएका हुन् । 

अमेरिकी सेनाका जनरल जास्पर जेफर्सले युद्धका कारण क्षतिग्रस्त भएको गाजा क्षेत्रलाई आवश्यक सुरक्षा प्रदान गर्नका लागि प्रतिबद्धता आएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

जास्परका अनुसार वासिङ्टन डीसीमा आयोजित बैठकमा इन्डोनेसियाको टोलीले उपकमाण्डरको जिम्मेवारी स्वीकार गरेको छ । गाजामा शान्ति र स्थायीत्वका लागि इन्डोनेसियाले ८ हजार सुरक्षाकर्मी सहयोग गर्ने बताएको समाचारमा उल्लेख छ ।

यस्तै काजाखस्तानले चिकित्सक सहितको सेनाको टोली परिचालन गर्ने जानकारी दिएको छ । केहि समय अघि इजरायलको दुईदिने औपचारिक भ्रमण गरेका अल्बानियाका प्रधानमन्त्रीले पनि सहयोगका लागि तयार रहेको प्रतिक्रिया दिएको अलजजिराले जनाएको छ ।  


प्रतिक्रिया