‘जोखनामा वर्तमान’ कविता सङ्ग्रहको लोकार्पण

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०७८

साहित्यकार डा. नवराज सुब्बाको कविता सङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ । हाम्रो आइडियाले प्रकाशित गरेको सो सङ्ग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित कवि सुब्बाका कविता, मुक्तक र गीत समावेश गरिएको छ । ई–बुकमा विभिन्न ८६ वटा रचनाहरु सङ्ग्रहित छन् । कवितामा मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिबारे जानकारी र दृष्टिकोण उल्लेख छ । जनस्वास्थ्य र वातावरणसम्बन्धी सचेतनामूलक सिर्जनामसेत समेटिएको लेखक सुब्बाले जनाएका छन । कवि सुब्बाको पद्यतर्फ यो कवितासङ्ग्रह सातौं कृति हो । सुब्बाका यसअघि ‘जीवन मेरो शब्दकोशमा’, ‘बीच बाटोमा ब्यूझेर’, ‘यात्रा आधा शताब्दीको’, ‘चीत्कार’ गरी चार कवितासङ्ग्रह प्रकाशित भइसकेका छन । सुब्बाका ‘सहिदलाई सलाम’ र ‘मन र माटो’ दुई गीतसङ्ग्रह पनि प्रकाशित भइसकेका छन् । गद्यतर्फ साहित्यकार सुब्बाका ‘मनको मझेरी’ र ‘समयको स्वाद’ दुई निबन्धसङ्ग्रह साहित्य जगतमा पनि बजारमा आइसकेको छ । 


प्रतिक्रिया