रमेश पाण्डेको 'एउटा शिक्षक’ सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

असार २१, २०७९ | काठमाडौं

शिक्षक रमेश पाण्डेको आत्मावृतान्त ’एउटा शिक्षक’ सार्वजनिक भएको छ । ५२वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लेखिएको पाण्डेको पुस्तक हिजो सार्वजनिक गरिएको हो । 

शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्य सचिव लिलामणि पौडेल र उनका दाइ मोहनबहादुर पाण्डेले संयुक्त सो पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव पौडेलले पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महशुस भएको बताउनुभयो ।

लेखक पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरिरहेको बताउनुभयो । २०३६ सालको राजनैतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झँदै पाण्डेले क्याम्पसको पठनपाठनलाई गुणस्तरीय बनाउन गरिएका योजनाहरु कार्यन्वयनमा विद्यार्थीहरुबाट साथ पाएको बताउनुभयो ।उहाँले भन्नुभयो–“रमेश सरको विद्यार्थी हुनेहरु त भाग्यमानीथिए नै सरको कक्षामा बस्न नपाउनेहरुका लागि पुस्तकअवसर र मार्गदर्शक बन्नेछ ।

”उहाँले भन्नुभयो, जीवनमा धेरैलाई कृतज्ञता दिनुपर्ने थियो, घरघर पुगेर दिन सकिएन एउटा शिक्षक”को माध्यामबाट आफ्नो त्यो आकाँक्षा पुरा गरे“ ।

“एउटा शिक्षक”को लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले रमेश सरको अनुभव र भोगाइलाई पाठक माझ ल्याइ एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व झल्काउन पाएकोमा गर्व महशुस भएको बताउनुभयो ।

नेपालको शिक्षा क्षेत्रको सुधारका लागि अनवरत लागि परिरहनु भएका पाण्डे समाजका लागि प्रेरणादायी शिक्षक मानिनुहुन्छ । आफ्नो सफलता असफलतालाई गौण मानी आफुले विद्यार्थीहरुलाई दिने ज्ञानमा केन्द्रित रहने पाण्डे अहिले पनि कक्षा कोठामै भेटिनु हुन्छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिलाई अबलम्बन गराउनशिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरुमा बसेर गर्नुभएको योगदानलाई पुस्तकमा समेटिएको छ ।

 शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुखको भुमिकामा रह“दा शिक्षक पाण्डेले त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम तथा उत्तरपुस्तिका जाँच्ने पद्धतिहरुलाई सबल बनाउने कार्यमा योगदान दिनु भएको थियो । त्रिभुवन विश्वविद्यालयको सेवाबाट सेवा निवृत भएपछि पनि पाण्डेले आफुले नेपालको शिक्षामा ल्याउन खोजेको रुपान्तरणलाई कलेज अफ अप्लाई बिजनेस क्याबको स्थापना गरी निरन्तर प्रयोगमा ल्याईरहनु भएको छ । पाण्डे जीवनको ७८ आ“ै बसन्त लागिसक्दा समेत क्याब कलेजको पे्रन्सिपलकै भुमिका निर्वाह गरिरहनुभएको छ ।


प्रतिक्रिया