साहित्यकार शर्माको ‘शब्दशिविर’ सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७९ | ललितपुर

गीतकार एवम् साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । २५ वटा निबन्धहरूको संग्रह ‘शब्दशिविर’ ललितपुरमा आज आयोजित कार्यक्रममार्फत् सार्वजनिक गरिएको हो ।

राज्यमन्त्री उमेश श्रेष्ठले निबन्ध संग्रहको विमोचन गर्दै गीतकारको रुपमा चिनिएका शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई खुसी लागेको बताउनुभयो । निबन्धकार शर्माले एक शताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षीया आमा शोभादेवीको प्रेरणाका कारण निबन्ध संग्रह तयार भएको बताउनुभयो । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफुलाई लेखन कार्यमा थप उर्जा मिलेको शर्माको भनाइ थियो ।

कार्यक्रममा बोल्दै निबन्धकार एवं समिक्षक मोमिलाले साहित्य यात्रामा निबन्धकार शर्माको योगदानले थप मलजल गरेको बताउनुभयो । सङ्कथनभित्र गुन्द्रुक भिसादेखि विश्रान्ति (क्षणिकी–२) सम्मका निबन्ध संग्रहित छन् ।  


प्रतिक्रिया