फोक्सोमा देश लोकार्पण

फाल्गुन २५, २०७९ | काठमाडौं

कवि दिल कुमारी डंगोलको कवितासङ्ग्रह फोक्सोमा देश लोकार्पण भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हिजो आयोजित कार्यक्रममा सो कविता संङग्रह लोकार्पण गरिएको हो । 

विद्यालय जीवन देखिनै कविता लेख्न सुरु गरेकी डँगोलले आफ्नो सिर्जनालाई पुस्तकको आकार दिएको बताइन् । कवितासंग्रहबारे समीक्षा गर्दै प्राध्यापक जगत प्रसाद उपाध्यायले समाजलाई आनन्दित तवरले जगाउने प्रेरणा मिल्ले बताए । 

त्यस्तै, समालोक गीता त्रिपाठी, कवि प्रतिसरा सायमी, वसन्त नकर्मी लगायतले कविता संग्रहको समीक्षा गरेका थिए । कविता संग्रहलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो । 


प्रतिक्रिया