लाखौँको मोबाइल बरामद

माघ २, २०७६ | ..काठमाडौं

प्रहरीले काठमाडौंको नागढुङ्गा नाकाबाट पछिल्लो १ सातामा करिव ३५ लाख रुपैयाँ बराबरको मोवाईल फोनहरु बरामद गरेको छ । भन्सार छली गरि ल्याईएका मोवाईल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । विभिन्न देशबाट ल्याइएका ७५ थान मोबाइल नियमित जाँचका क्रममा गत शनिबार एकैदिन बरामद गरिएको थानकोट प्रहरी चौकीका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । 

बरामद गरिएका मोवाईल एप्पल, सामसङ, नोकिया लगायत कम्पनीका छन् । यस्तै गत आईतबार प्रहरीले ३२ वटा मोवाईल फोन बरामद गरेको छ । यात्रुवसबाट बरामद गरिएका फोनमा अहिलेसम्म केसैले पनि दावी नगरेको डिएसपी श्रेष्ठको भनाई छ । भारतबाट भन्सार छली ल्याईएका फोन नेपाली बजारमा सस्तो दरमा बेच्ने गरिएको छ । बरामद गरिएका मोबाइल फोनको बजार मुल्य कम्तिमा ३५ लाख रुपैया अनुमान गरिएको श्रेष्ठले बताउनुभयो ।  


प्रतिक्रिया