गायिका आस्था राउत काठमाडौं प्रहरी परिसरमा उपस्थित

माघ १३, २०७६ | काठमाडौँ

गायिका आस्था राउत आज बिहान महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठ माथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी हुन् । 

 उनी नातेदारसहित आज बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा लाइभ गर्दै प्रहरीलाई गाली गलौज गरेको भन्दै गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था हुनसक्ने प्रावधान रहेको छ ।



प्रतिक्रिया