परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

फाल्गुन १०, २०७६

राष्ट्रसंघीय मानवअधिकार परिषदको ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली स्वीजरल्याण्डको जेनेभा जानुभएको छ । बैठकमा नेपालले द्धन्द्धकालिन मुद्धा निरुपण सम्वन्धमा प्रतिवद्धता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको कामलाई लिएर अन्तराष्ट्रिय मानवअधिकार संगठनले चासो राखिरहेका बेला जेनेभामा उच्चस्तरीय छलफल हुन लागेको हो । नेपालमा मानवअधिकार तथा द्धन्द्धकालिन मुद्धाबारे परिषदको ४३ औं वैठकमा छुट्टै छलफल समेत हुने परराष्ट्र अधिकारीहरुले बताएका छन् ।

 बैठकका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले संक्रमणकालिन न्ययामा भईरहेको प्रगतिबारे अन्तराष्ट्रिय समुदायतलाई जानकारी गराउनुहुनेछ । परारष्ट्रमन्त्री नेतृत्वको टोली आगामी १६ गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया