संसद बैठक : नियमित कार्यसूचीमा प्रवेश गर्नै मुश्किल

फाल्गुन १४, २०७६ | .काठमाडौं

प्रतिनिधिसभामा प्रतिपक्षीसँगै सत्तारुढ सांसदहरुले समेत सरकारको आलोचना गर्ने क्रम बढेपछि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । पुर्वमन्त्री गोकुल बास्कोटाको कमिसन सम्वन्धी विवादास्पद अडियो टेप बाहिरिएको एक साता हुन लाग्दा समेत सरकारले संसदमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै प्रतिपक्षी दलले आलोचना गरेका छन् ।

 विवादास्पद अडियो टेप सम्वन्धमा कंग्रेस, राजपा र समाजबादी पार्टीले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् । एक पछि अर्का सांसदले बोल्नकालागि नाम टिपाएपछि नियमित कार्यसुचीमा प्रवेश गर्न नसकिएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा दिउसो १ वजे बस्ने बैठकमा यसअघिकै विभिन्न विधेयकहरु पेस गर्ने कार्यसूची छ । बैठकमा वन तथा वातावरण मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा गृहमन्त्री राम बहादुर थापाले कारागार विधेयक, शिक्षामन्त्री गिरिराजमणी पोखरेल शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संगै केहि नेपाल ऐन संशोधनको प्रस्ताव गर्नुहुने छ ।

 बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले चार वटा विधेयक प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री थापाले अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लेमो अभिसन्धिमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुहुने संसद सचिवालयले जनाएको छ । 


प्रतिक्रिया