१६७ जनासंगै भित्रिएका थिए कर्णालीका संक्रमित

जेष्ठ ६, २०७७ | कञ्चनपुर

कर्णाली प्रदेशको दैलेखमा संक्रमण पुष्टि भएका युवक सुदुरपश्चिम प्रदेशको सीमावर्ती बजार बनबासाबाट रातारात दशगजा आएको पाईएको छ । संक्रमित युवक सहित १ सय ६७ जनालाई बैशाख २९ गते ब्रह्मदेव नजिकै दशगजाबाट भित्र्याएर महेन्द्रनगर स्थित वैजनाथ माविमा राखिएको हो ।

भारतीय सुरक्षाकर्मीले टनकपुरमा क्वारेन्टाइनमा रहेका ७५ जनालाई बैशाख २८ गते र बनबासामा क्वारेन्टाइनमा रहेका १ सय ६७ जनालाई २९ गते राती ब्रह्मदेव नजिकैको दशगजामा छाडेका थिए । सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरसिंह साहुका अनुसार दशगजाबाट रातारात भित्र्यिाइएका ७ जनाको पिसिआर परीक्षण गरिएको थियो भने बांकी सबैको आरडिटी परीक्षण गरिएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले दैलेखका अन्य ३४ जना पनि संक्रमित युवकसंगै नेपाल प्रवेश गरेको बताउँदै उनीहरुको खोजी भइरहेको बताउनुभयो । कन्ट्याक्ट ट्रेसिङका आधारमा सुरक्षाकर्मी, गाडी चालक र सहचालक सहित ६१ जना सम्पर्कमा आएको उपाध्यायको भनाई छ । 


प्रतिक्रिया