कोरोना भाइरसको खोप बन्न १० वर्ष पनि लाग्न सक्ने !

जेष्ठ १०, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमण विरुद्धको खोप विकासका लागि विभिन्न समुह सकारात्मक नतिजा प्राप्तीका लागि रात दिन खटिरहेका छन् । विश्वभर फैलिएको कोभिड १९ निर्मुल पार्न अर्बौको संख्यामा खोपको उत्पादन जरुरी छ । उद्योग, नियामक निकाय तथा वैज्ञानिकहरु एकजुट भई खोपको विकासमा लागेमा १० वर्ष भित्र भाइरस निर्मुल बनाउन सक्ने एक अध्ययनले देखाएको छ । 

खोप विकासलाई तिव्रता दिइएपनि पूर्ण रुपमा सफलता मिल्न एक दशक लाग्न सक्ने अनुमान गरिएको छ । संभावित एक सय प्रकारका खोप पहिचानका लागि २ देखी ५ वर्ष, त्यसबाट उत्कृष्ट २० पहिचानका लागि प्रि मेडिकल परिक्षण गर्न अर्को २ वर्ष, त्यसबाट पनि अति प्रभावकारी १० वटा पहिचानका लागि अर्को एक वर्ष, र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने संभावित ५ वटा पहिचानका लागि थप २ देखी ३ वर्ष लाग्ने सरोकारवालाको अनुमान छ । एक वायोटेक कम्पनी मोडेर्नाका प्रमुख कार्यकारी स्टेफेन ब्यान्सेलले कोभिड १९ विरुद्धको कदमका लागि आयोजित वल्र्ड इकोनोमिक फोरममा भाइरस संक्रमित मध्ये करिव ६ प्रतिशतले ज्यान गुमाएपनि सन् १९१८ मा फैलिएको फ्लु जतिको यो हानीकारण नभएकाले आत्तिनु नपर्ने बताए । 

सन् १९८०को सुरुवातमा देखिएको एचआइभी संक्रमण विरुद्धको खोप हालसम्म विकास नभएको तथा सार्स र मर्स संक्रमण जस्तो तनाव कोरोना भाइरसबाट झेल्न नपरेको उनको भनाई छ । यद्यपी संभावित खोप विकासको पहिलो चरण पार गरि दोस्रो चरणमा प्रवेश गरेकोले र सन् २०२० को अन्त्यमा तयार हुन सक्ने आशा उनले देखाए । खोप तयार भएपनि त्यसको उत्पादनलाई व्यापक बनाउनुपर्ने जोनसोन एण्ड जोनसोनका प्रमुख अनुसन्धान अधिकृत पल स्टोफेल्सले बताएका छन् ।

 मध्य अफ्रिकामा देखापरेको इबोलाको संक्रमण नियन्त्रणका लागि केही लाखको संख्यामा खोप परिचाल भएपनि कोभिड १९ नियन्त्रणका लागि अर्बौंको संख्यामा उत्पादन गरिनुपर्ने उनको भनाई छ । जसका लागि अनुसन्धानकर्ता, नियमक निकाय तथा उद्योगहरुको समन्वय अपरिहार्य रहेको उनी बताउँछन् । हाल एक सय बढी संभावित खोप उत्पादनको चरणमा छन् । ती मध्ये ८ वटा तयार भएर परिक्षणका क्रममा छन् । सो मध्ये प्रभावकारी खोप पहिचानका लागि चुनौती हुने खोप उत्पादक संस्थाहरुको संगठन गाभीका प्रमुख कार्यकारी अधिकृत सेथ ब्रेकली बताउँछन् । 

खोपको विकास भएपश्चात वितरणमा समेत ठुलो चुनौती छ । उत्कृष्ट खोप उत्पादन भएपनि वितरण समस्या उत्तिकै छ । भाइरसको संभावित संक्रमणको डरले वितरक नमान्ने हुँदा ड्रोन मार्फत काम गर्ने योजना बनाइरहेको उनी बताउँछन् । अर्को चुनौती न्युनतम मुल्यमा उत्पादन गरि विश्वमा सन्तुलित पहुँचका लागि लड्नुपर्ने उनको भनाई छ । यदि विश्वको सबै क्षेत्रमा खोपको पहुँच नबढाए समस्या समाधान नहुने फोरमको निष्कर्ष छ । 

वल्र्ड इकोनोमिक फोरमको सहयोगमा  ।


प्रतिक्रिया