सुरक्षाकर्मी फिर्ता गरेको निर्णयमा ओलीको आपत्ती

कार्तिक २, २०८२ | काठमाडौं
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने बताउनुभएको छ ।
सरकार उल्टो बाटो हिँडेको आरोप लगाउँदै ओलीले दलका नेतालाई थुन्ने र चुनावमा भाग लिन नदिने कसरत भइरहेको समेत बताउनुभएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूमाथि सुरक्षा चुनौती बढेका बेला सुरक्षाकर्मी फिर्ता गर्ने सरकारी कदमको आलोचना समेत गर्नुभएको छ । अहिलेको स्थिति कायम रहे आफू फेरि प्रधानमन्त्री बन्ने अवस्था आउने उहाँको भनाइ थियो ।
अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले केही सामाजिक सञ्जाल बन्द गराउने आफू नेतृत्वको सरकारको निर्णयको बचाउ गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले आफू संसद पुर्नस्थापनाको पक्षमा अडिग रहने समेत बताउनुभयो ।