रुकुम घटनामा ज्यान गुमाउने ५ पुगे

जेष्ठ १५, २०७७ | जाजरकोट

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा परेर मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

आज दिउँसो भेरी नगरपालिका ४ का १८ बर्षीय सञ्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिका–१३ मा पर्ने भेरी तिरमा फेला परेसंगै सो घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

भागीविवाहका लागि भन्दै गत शनिबार मल्ल थरकी युवतीलाई लिन सोती पुगेका भेरी–४, का २१ वर्षीय नवराज विकसहितको समुहमाथि आक्रमण हुँदा मृत्यु भएका नवराजसहित गणेश बुढा मगर, लोकेन्द्र सुनार र टिकाराम नेपालीको शव भेरी नदीमा यसअघि नै फेला परेको थियो । 

बेपत्ता रहेका अर्का १७ बर्षीय युवक गोविन्द शाहीको खोजीकार्य तिब्र पारेको जाजरकोट र रुकुम पश्चिम प्रहरीले बताएको छ । 


प्रतिक्रिया