लकडाउनको ८१ दिनपछि नीजि यातायात्र सञ्चालनमा, जोर बिजोर प्रणाली लागु

जेष्ठ ३०, २०७७ | काठमाडौं

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको लकडाउनको ८२ दिनपछि आजबाट निजी सवारी सञ्चालनमा आएका छन् । बिभिन्न प्रकारका व्यापार व्यवसाय, केही उद्योग पनि सञ्चालनमा ल्याउने सरकारी निर्णय भएसँगै मुलुकभर मानिसहरुको चहलपहलमा समेत बृद्धि भएको छ ।

सरकारले निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसंगै आजबाट दुई पाङग्रे र ४ पाङग्रे सबारी सञ्चालनमा आएका हुन् । उपत्यकाका तीन जिल्ला बाहेक सम्बन्धीत जिल्ला भित्र मात्र सबारी सञ्चालन गर्न दिने निर्णयसंगै बिहानैबाट सडकमा सबारीको चाप बढेको छ । सरकारतले तत्काल अर्को जिल्ला आवतजावतमा भने रोक लगाएको छ । सरकारले काठमाडौं, भक्तपुर र ललितपुरलाई एउटा जिल्ला मानेको छ ।

यसैबीच उपत्यकामा आजबाट जोर बिजोर प्रणाली लागु गरिएको छ । सरकारले निजी सबारी साधन सञ्चालनको अनुमती दिएसंगै महानगरिय ट्राफिक प्रहरी माहाशाखाले जोर बिजोर प्रणाली लागु गरेको हो । महामारीको संभावित जोखिमलाई ध्यान दिदै ट्राफिक प्रहरीले सडकलाई पनि व्यवस्थित गर्न लागेको हो । 


प्रतिक्रिया