गण्डकीमा ३२ जना कोरोनाका बिरामी थपिए

असार १३, २०७७ | पोखरा

गण्डकी प्रदेशका विभिन्न ३ जिल्लामा गरी आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाका २२, बाग्लुङका ८ र नवलपुरको बर्दघाट सुस्ता पुर्वका २ जनालाई गरी ३२ जनामा कोभिड १९ पोजेटीभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पोखराको प्रदेश क्षयरोग केन्द्र र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्याङ्जा र बाग्लुङको परीक्षण गरेको थियो भने, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नवलपुरको परीक्षण गरेको थियो ।

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमित सवैलाई सम्बन्धीत जिल्लाको आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । २ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । 


प्रतिक्रिया