शव व्यवस्थापनमा खटिएकैमा कोरोना भाइरस संक्रमण

पाल्पाको मिसन अस्पताल परिसरमा गत जेठ २२ गते शव व्यवस्थापनमा खटिंदै । तस्बिर : माधव अर्याल/ रेडियो कान्तिपुर  

असार १३, २०७७ | पाल्पा

पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधि अनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।

१८ गते जल्पाको क्वारेन्टिनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते नै तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थिए । तर उनको जेठ २० गते निधन भएपनि २२ गते मात्र शव व्यवस्थापन गरिएको थियो । कार्यविधि अनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेका हुन् । शव व्यवस्थापनमा खटिएका मध्ये दुई जनामा कोरोना सङक्रमण देखिएको हो ।

शव व्यवस्थापनकै क्रममा र्‍याल चुहिएको हुनसक्ने आशंका स्वास्थ्यकर्मीको छ । कोरोना भाइरस पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेशनमा राखिएको गणले जनाएको छ । मिशन अस्पतालमा मृत्यु भएको र विशेषज्ञ चिकित्सककै निगरानीमा शव व्यवस्थापन गरेका हुन् ।

यससागै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका मध्ये ७२ जना पुरुष र ५ जना महिला छन् । पाल्पामा सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमण देखिएपनि १६ जना उपचार पछि निको भएर घर फर्केका छन् आइसोलेशनमा रहेका बगनासकाली गाउँपालिका–५, दर्लमडााडाका ३२ वर्षीय पुरुषको कोरोना अस्थायी अस्पताल बुटवलमा उपचार भएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया