मध्यपुर थिमिकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण

असार १४, २०७७ | भक्तपुर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

ती बालिकालाई एपेन्डिसाईटिस भएकाले केएमसी अस्पताल सिनामङ्गल लगेको र अस्पतालले ‘नेजल स्वाब’को नमूना संकलन गरेको थियो । 

शनिबार ती बालिकाको पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलले बताउनुभयो । 

बालिकालाई एपेन्डिसाइटिस भएपनि अप्रेशन गर्नु नपरेकाले अस्पतालले औषधि दिएर घर पठाइएको थियो । 

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शनिबार साँझ बालिकालाई पाटन अस्पताल लगेको र ठाउँ अभावका कारण शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डीएसपी कँडेलले बताउनुभयो ।

बालिकाको परिवारलाई भने ‘होम क्वारेन्टिन’ राखेको र यसैसाता पीसीआर परिक्षण गरिने जनाएको छ । कोरोना संक्रमित बालिकाको ट्राभल हिस्ट्रि पत्ता नलागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया