कोरोना ठिक भएर सल्यानमा २ सय ८ जना घर फर्किए

 कोरोना ठिक भएर घर फर्कदै गरेका युवाहरु । तस्विर : विप्लव महर्जन, सल्यान ।

असार ३०, २०७७ | सल्यान

जिल्लाको सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आईसोलेसनमा बसेर उपचार गराईरहेका ३४ कोराना संक्रमित ठिक भएर घर फर्किएका छन । पिसिआर परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरु घर फर्केका हुन ।

जिल्लामा दुई २५ जना कोरोना संक्रमित देखिएकामध्ये ठिक भएर घर फर्कनेको संख्या दुई सय आठ पुगेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । कोरोना जितेर घर फर्केकालाई १० दिनसम्म पुन घरकै क्वारेन्टाइृनमा बस्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुमाख गाउँपालिकाका १५, बन्गाड कुपिण्डे नगरपालिकाका नौ , शारदा नगरपालिकाका तीन, बाग्चौर नगरपालिकाका दुई जना र दार्मा/ कपुरकोट गाउँपालिकाका एक/एक जना रहेका छन ।

जिल्लामा अहिलेसम्म भेटिएका दुई सय २५ जना कोरोना संक्रमित मध्ये १७ जना मात्र बिभिन्न आईसोलेसनमा बसेर उपचार गराईरहेका छन् । १७ मध्ये सात जना सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनमा, नौ जना बन्गाडमा र छत्रेस्वरी गाउँपालिकामा एक जना उपचाररत छन । उनीहरु सवैको अवस्था सामान्य छ ।

संक्रमित रहेका १७ जनाको पुन स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि सुर्खेत पठाउने कोरोना फोकल पर्सन पुनले जानकारी गराउनुभयो । जिल्लामा देखिएका दुई २५ कोराना संक्रमित मध्ये तीन जना कर्मचारी रहेको र अन्य सबै भारत तथा खाडी मुलुकबाट आएका हुन् ।

जिल्लामा खाडी मुलुक तथा भारतबाट पाँच हजार बढी मानिसहरु भित्रिएका थिए । स्थानीय तह तथा स्वास्थ्य कार्यालयले सबैको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाएका थिए ।


प्रतिक्रिया