काठमाडौं उपत्यकामा ६२ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण २१, २०७७ | काठमाडौं

नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ६२ सहित नेपालमा थप ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया