पहिरोमा पुरिदा एक जनाको मृत्यु ,४० घण्टामा एकतर्फी सडक सञ्चालनमा

आश्विन ९, २०७७ | नवलपरासी

पुर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

 विनयीत्रिवेणी २ विश्वकर्मा बाबामन्दिर नजिकै हिजो साँझ माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो । 

माटोको लेदो सहितको पहिरोले बस पुरीदा घाइते भएकामध्ये रुकुम पश्चिम आठविसकोठ गाउँपालिकाका २५ बर्षीय हरिषचन्द केसीको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाईते मध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक भने ४० घण्टापछी आज विहान ४ बजेबाट एकतर्फी संचालनमा आएको छ । दाउन्ने खण्डमा साना ठुला गरेर ६ वटा पहिरो खसेको थियो ।  


प्रतिक्रिया