बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक ५, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा १ लाख ४४ हजार ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काठमाण्डौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया व्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको जानकारी दिनुभयो । यसैगरी २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६ सय ५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८ सय ९७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २० हजार १सय १८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।


प्रतिक्रिया