कपिलवस्तुमा मापदण्ड विपरित सञ्चालित २ वटा पेट्रोल पम्प सिल

मंसिर १२, २०७७ | काठमाडौं

कपिलवस्तुमा मापदण्ड विपरित सञ्चालित २ वटा पेट्रोलपम्प सिल गरिएको छ । कपिलवस्तु नगरपालिका–३ मा रहेको चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ ।

 आयल निगमको केन्द्रिय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दा ईजाजत नलिई पेट्रोल बेचेर गैरकानुनी काम गरेको पाईएकाले पम्प सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

 सो पम्पलाई पेट्रोल बेच्ने कपिलवस्तु–५, डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्प पनि सिल गरिएको छ । इजाजतबिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेकाले उनीहरुलाई निगमको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली २०७५ को दफा २९ (ग) बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।  


प्रतिक्रिया