नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न

माघ २, २०७७ | नयाँदिल्ली

ेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गर्नु भएको थियो । बैठकको शुरुमा भारतीय विदेश मन्त्री एस जयंशकरले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यको प्रशंसा गर्नु भएको थियो । दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौ पुरानो सभ्यता भएको उल्लेख गर्नु भएको थियो । 

साथै उहाँले यसकिसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि बैठकको प्रमुख उद्देश्य भएको बताउनुभयो । त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्याण्डेट बैठकको भएको उल्लेख गर्नु भएको थियो । नियमित सम्पर्क र सम्वाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताउनु भएको थियो । त्यसैगरी उहाँले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र सम्वादले दुई देशको सम्बन्धलाई गतिशिलताको नयाँ आयाम थपेको समेत बताउनुभयो ।

बैठकका लागि दुवै पक्षले करीब तीनदर्जनभन्दा बढी एजेण्डा तय गरेका थिए । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली पुगेको थियो । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा भएको स्रोतले बताएको छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्चराजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपी ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली भोली अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

आजै बिहान मन्त्री ज्ञवाली र जयशंकरसँग हैदरवाद हाउसमै करीब एक घन्टा छलफल भएको थियो । सो भेटमा द्धिपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल बताइए पनि त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन ।


प्रतिक्रिया