अन्य दुई खोप उत्पादक कम्पनीले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति मागे

माघ ४, २०७७ | काठमाडौं

कोरोना संक्रमण विरुद्धका अन्य दुई खोप उत्पादक कम्पनीले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति मागेका छन् । भारतमा विकास गरिएको कोभ्याक्सिन र चीनमा विकास गरिएको साइनोभ्याक्स खोप प्रयोग अनुमतिका उत्पादक कम्पनीले निवेदन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस अघि स्वास्थ्य मन्त्रालयले अस्ती शुक्रबार भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक कोरोना भाइरस संक्रमण विरूद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो । कोभ्याक्सिन र साइनोभ्याक्स तेस्रो चरणको परीक्षण सफलतापूर्वक पार गरेर हाल सम्बन्धीत मुलुकमा प्रयोगमा आइसकेका छन् ।

 अनुमति माग्ने दुवै खोप २ देखी ८ डिग्री सेल्सियस सम्म भण्डारण गर्न सकिने कम्पनीले जनाएका छन् । नेपालमा ८ डिग्री सेल्सियससम्म सहज रुपमा खोप भण्डारण क्षमता रहको मन्त्रालयले जनाएको छ । निवेदन दिएका खोपले प्रयोगका लागि स्वीकृत पाएमा टेण्डर प्रक्रिया मार्फत आयात गरिने मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया